गंगादेव गाउँपालिका वडा नं ५ का जेष्ठ नागरिकलाई सम्मान तथा सुगर जाच गरिएको छ । गंगादेव गाउँपालिका वडा नं ५ को वडा कार्यालयमै पुगी ८० वर्ष उम्मेर माथिका २२ जेष्ठ नागरिकालाई एक कार्यक्रमका विच आज सम्मान स्वरुप तातो कपडा कम्मल वितरण तथा सुगर जाच गरिएको हो।
गंगादेव गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो। जेष्ठ नागरिकलाई कम्मल, प्रमाणपत्र र दोसल्ला वढाई सम्मान गरिएको हो ।जेष्ठ नागरिकलाई कम्मल, प्रमाणपत्र र दोसल्ला वढाई सम्मान गरिएको हो । सुगर जाच गरिएका जेष्ठ नागरिकहरुको भने सुगर नदेखिएको जिनबाङ स्वास्थ्य चौकीका ल्याव सरस्वती रानाले जानकारी दिनुभयो।गंगादेव गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष अमृत वहादुर वुढामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुन रहनु भएको थियो भने विशिष्ट अतिथमा उपाध्यक्ष अमृता कुमारी केसी वली रहनु भएको थियो । कार्यक्रमको संचालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका तिलकराज वलीले गर्नु भएको थियो ।