सम्पर्कको लागि
+९७७-९८४५५७०४००

गंगादेव गाउँपालिका वडा नं ४ मा जेष्ठ नागरिक लाई सम्मान तथा सुगर जाच

गंगादेव गाउँपालिका

 गंगादेव गाउँपालिका वडा नं ४ का जेष्ठ नागरिकलाई सम्मान तथा सुगर जाच गरिएको छ । गंगादेव गाउँपालिका वडा नं ४ को वडा कार्यालयमै पुगी ८० वर्ष उमेर माथिका २५ जना जेष्ठ नागरिकालाई एक कार्यक्रमका विच सम्मान स्वरुप तातो कपडा कम्मल वितरण तथा सुगर जाच गरिएको हो।गंगादेव गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो।जेष्ठ नागरिकलाई कम्मल, प्रमाणपत्र र दोसल्ला वढाई सम्मान गरिएको हो ।

त्यस्तै सुगर जाच गरिएका जेष्ठ नागरिकहरुको भने सुगर नदेखिएको  जिनबाङ स्वास्थ्य चौकीका ल्याव सरस्वती रानाले जानकारी दिनुभयो।गंगादेव गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष कृष्ण वली विपिनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुन रहनु भएको थियो भने विशिष्ट अतिथमा उपाध्यक्ष अमृता कुमारी केसी वली रहनु भएको थियो । वडा नं ४ का वडा सचिव नरेश खड्काको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका तिलकराज वलीले गर्नु भएको थियो ।

सम्बन्धित
गंगादेव गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सानडाँडा रोल्पाको आधिकारिक पोर्टल
९८६०६२३७३७ |९८४५५७०४००
gangadevmun@gmail.com | info@gangadevmun.gov.np