गंगादेव गाउँपालिकाको जिनाबाङ स्वास्थ्य चौकीमा निःशुल्क आखाँ शिविर सम्पन्न भएको छ।तिलगंगगा आँखा प्रतिष्ठान गौसला काठामाण्डौ, तिलगंगा सर्जिकल आँखा केन्द्र लिबाङ रोल्पाको आयोजना, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको समन्वय तथा गंगादेव गाउँपालिकाको सहकार्यमा आज निःशुल्क आँखा शिविर सम्पन्न भएको हो।
आजको शिविर बाट ९९ जनाको निःशुल्क आँखाको परिक्षण गरिएको जिनाबाङ स्वास्थ्य चौकीका प्रमुख दोर्ण डागीले जानकारी दिनुभएको छ।जसमध्य १० जनामा मोतियाविन्दु देखिएको र उनिहरुको जेष्ठ १३ र १४ गते घर्तिगाउँमा निःशुल्क शल्यक्रिया गरिने भएको छ।विरामीहरुलाई खान बस्नको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ ।त्यस्तै भोली वडा नं ७ को राकँ स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर हुने भएको छ ।