सम्पर्कको लागि
+९७७-

गंगादेव गाउँपालिकामा सामुदायिक बिपद् प्रतिकार्य तालिम सुरु

गंगादेव गाउँपालिका


बटुकदल गण रोल्पा र गंगादेव गाउँपालिकाको समन्वय तथा सहकार्यमा संचालित सामुदायिक बिपद् प्रतिकार्य तालिम आज देखि सुरु भएको छ ।

गंगादेव गाउँपालिका विपद् व्यवस्थापन शाखाको आयोजना र बटुकदल गण लिबाङ ब्यारेक रोल्पाको प्राविधिक सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला अदालत रोल्पाका जिल्ला न्यायधीश खिमानन्द भुसाल रहनु भएको थियो भने विशिष्ट अतिथिमा गंगादेव गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारी के.सी. वली रहनु भएको थियो । कार्यक्रममा रोल्पा जिल्ला अदालतका स्रेस्तेदार शिव प्रसाद पराजुली, जिल्ला न्यायधिवक्ता चुडामणी पराजुली, जिल्ला वार रोल्पाका उपाध्यक्ष दामु मर्सिफुल, बटुकदल गण रोल्पाका सेनानी जुद्ध बहादुर कुँवर, राम प्रताव गडेरी लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका भित्रका सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक, स्वास्थ्य स्वयमसेविका लगयात प्रत्यक वडा बाट ५–५ जनाको सहभागिता रहेको थियो ।

तालिममा विपद् पुर्व तयारी, खोज तथा उद्धार एवं प्रतिकार्य (भुकम्प, आगलागी, रोप–रेस्क्यु, विद्युतीय झट्का, चट्याङ, प्राथामिक उपचार¬) लगाएतका विषयमा शैद्धान्तीक र प्रयोगात्मक क्ष्मता विकास प्रशिक्षण कार्यक्रम दुई दिन सम्म चल्ने आयोजकले जानकारी दिएको छ । २ नम्बर वडा सचिव धन बहादुर डागीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन स्थानिय विपद् व्यवस्थापन समिति शाखा सदस्य सचिव जगत किरण डि.सी. गर्नुभएको थियो ।

सम्बन्धित
|
|