सम्पर्कको लागि
+९७७-९८४५५७०४००

बाल विवाह र लैगिंक हिंसा विरुद्ध “जुना’’ प्रदर्शन तथा अभिमुखिकरण

गंगादेव गाउँपालिका

बाल विवाह, बहु–विवाह, बालश्रमिक शोषण, बाल यौन शोषण र लैगिंक हिंसा विरुद्ध डकुमेन्ट्री चलचित्र “जुना’’ प्रदर्शन तथा अभिमुखिकरण गरिएको छ । गंगादेव गाउँपालिकाको आयोजनामा आज शनिबार एक कार्यक्रमका विच सिद्धार्थ माद्यामिक विद्यालय घाप्टेओढार विरेन्द्र माद्यामिक विद्यालय नाउलीमा चलचित्र “जुना’’ पदर्शन तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो । महिला हिंसा र वालबिवाह निरुत्साहित गर्ने उद्धेश्यले निर्माण गरिएको सामाजिक चलचित्र “जुना’’ पर्दशन गरिएको हो । चलचित्रमा बाल विवाहको असर नारीहरुको व्यथा सन्देश दिएको थियो ।


गंगादेव गाउँपालिकाका निः प्रमुख प्रशासकिय अधिकृत तुलाधर शर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुन रहनुभएको थियो भने विशिष्ट अतिथिमा उपाध्यक्ष अमृता कुमारी के.सी रहनु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक सघं, शिक्षक, कक्षा ९ देखि १२ सम्मका विद्यार्थी, वडा भित्रका महिला आमा समुह, राजनैतिकदलका प्रमुख तथा प्रतिनिधिहरु सहभागिता रहेको थियो । “जुना’’ सबै बालवालिका तथा अभिभावकहरुले हेर्नै पर्ने डकुमेन्ट्री भएको कार्यक्रमका उपस्थीत सहभागीहरुले बताएका थिए ।


चलचित्र हेरिसके पश्चात गंगादेव गाउँपालिका अध्यक्ष र उपाध्यक्षले जुन चलचित्र निर्माता टिम लाई धन्यवाद दिदै यो चलचित्रले विद्यार्थी तथा अभिभावकलाई सचेत बनाउने विश्वास लिएको बताउनु भयो । चलचित्रका निर्माता जिवन सेन्चुरीले यो चलचित्रले बालबालिका हरुमा व्यवाहारीक ज्ञान दिन सहयोग पुग्ने बताउनु भयो ।


डकुमेन्ट्री चलचित्र “जुना’’ प्रदर्शन तथा अभिमुखिकरण कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाका तिलकराज वलीले गर्नुभएको थियो ।भोलीे सरस्वती मावि म्वालेखोला, जनता आवि सुपाटोट्के र नेरा मावि सिमखोला, १७ गते वुद्धि विकास मावि, रातामाटा र सरस्वती मावि बल्लेपोखरीमा अन्तरक्रिय संचालन हुने भएको छ । त्यसैगरी १८ गते जिवनज्योती मावि देवलटाकुरा र पृथ्वीनारायण मावि जायचौर र १९ गते राष्ट्रिय मावि ओत र गंगा मावि चौताराडाडामा सचालन हुने भएको छ ।

सम्बन्धित
गंगादेव गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सानडाँडा रोल्पाको आधिकारिक पोर्टल
९८६०६२३७३७ |९८४५५७०४००
gangadevmun@gmail.com | info@gangadevmun.gov.np