सम्पर्कको लागि
+९७७-९८४५५७०४००

गंगादेवमा दादुरा-रुवेला खोप अभियानको अभिमुखिकरण कार्यक्रम सम्पन्न

गंगादेव गाउँपालिका

रोल्पाको गंगादेव गाउँपालिकामा दादुरा(रुवेला खोप अभियान २०८०र०८१ को पालिका स्तरिय अभिमुखिकरण तथा योजना गोष्टी सम्पन्न भएको छ । गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनको अध्यक्षतामा आज सुक्रबार एक कार्यक्रमका विच सम्पन्न भएको हो । कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिका भित्रका स्वास्थ्य क्षेत्रका कर्मचारी, शिक्षक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा संयोजक नरहरिनाथ योगीले गर्नुभएको थियो । खोप अभियान यहि फागुन २३ गते देखी २४ गते सम्म वडा नम्बर १ देखि वडानम्बर ७ सम्मका आ(आफ्नो वडाका नियमति खोप केन्द्ररबाट सेवा दिइने स्वास्थ्य शाखा संयोजक नरहरीनाथ योगीले जानकारी दिनुभयो । २ दिनसम्म सञ्चालन हुने अभियानमा नौ महिना देखि पाँच बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा–रुवेला खोप लगाईने समेत यागीले बताउनु भयो । साथै उहाँले यस अभियानलाई सफल बनाउन सबैको स्थानीय,राजनीतिक दल, जनप्रतिनिधि पत्रकार लगायतको सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनले यो अभियानमा जनप्रतिनिधिले गर्नुपर्ने सहयोग गर्न आफु तयार रहेको प्रष्ट पार्दै लक्ष्य अनुसार खोप कार्यक्रम सफल हुने अपेक्षा समेत गरेको बताउनु भयो । साथै स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएकाले यसप्रति जिम्मेवार भएर काम गर्न पनि आग्रह गर्नुभयो । त्यसैगरी कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीले खोप कार्यक्रम देशको नियमित कार्यक्रम भएकाले खोप बाट निवारण गर्न सकिने रोगहरु बाट बच्न प्रभावकारी रहेको बताउनुभयो । उहाँले २०२६ भन्दा अगाडीनै गंगादेव गाउँपालिका बाट यो रोग निबारण गर्ने लक्ष अनुसार लाग्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो । दादुरा–रुवेला खोप अभियान अन्तर्गत गंगादेव गाउँपालिकाका २ हजार २ सय ५६ जना बालबालिकालाई खोप लगाइनेछ । नियमित खोप लगाइने भएकाले खोपकार्ड लिएर आफ्नो पायक पर्ने खोप केन्द्रमा गई आफ्ना बालबालिकालाई खोप खोप लागाई दादुरा(रुबेला बाट बचाउनुहुन अभिवाकहरुलाई अनुरोध समेत गरिएको छ ।

सम्बन्धित
गंगादेव गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सानडाँडा रोल्पाको आधिकारिक पोर्टल
९८६०६२३७३७ |९८४५५७०४००
gangadevmun@gmail.com | info@gangadevmun.gov.np