सम्पर्कको लागि
+९७७-९८४५५७०४००

गंगादेव गाउँपालिका वडा नं. ३ मा उद्यमशीलता तालिम सम्पन्न

गंगादेव गाउँपालिका


गंगादेव गाउँपालिका वडा नं. ३ मा उद्यमशीलता तालिम एक कार्यक्रमका विच सम्पन्न भएको छ । गंगादेव गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागी लघु उद्यम बिकास कार्यक्रम अन्र्तगत सञ्चालन भएको ८ दिने उद्यमशिलता तालिम मगंलबार वडा नं. ३ को वडा कार्यालयमा एक औपचारीक कार्यक्रमका विच सम्पन्न भएको हो । वडा नं. ३ का वडा अध्यक्ष लोकमान वलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा गंगादेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर वली रहनु भएको थियो । व्यवसाय सचेतना, व्यवसाय सुरु, लैगिंक समानता तथा समावेशिकरण उद्यमशिलता तालिमको आयोजना गरिएको हो । तालिममा वडा का ३० जना उद्यमी हरुले सहभागी जनाएका थिए ।

तालिममा उद्यमी, लघु उद्यमीको परिचय, उद्यमको महत्व, सफल उद्यमी, व्यवसायको छनोट लगाएतका बारेमा समेत युवाहरुलाई प्रष्ट पारिएको थियो । तालिममा सहभागि बाट चाउमिन र सावुन बनाउनेमा उद्यमी बन्ने चाहाना व्यक्त गरेका थिए । समापन तालिममा बोल्दै वडा नं. ३ का वडा अध्यक्ष लोकमान वलीले सिपमुलक तालिम पश्चात आफुले सिकेको सिपको आधारमा व्यवसाय सञ्चालन गरि आय आर्जनमा वृद्धी गर्न तालिमका सहभागिहरुलाई अनुरोध गर्नुभयो । यसैगरी गंगादेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर वलीले गाउँपालिकाले तालिमलाई तालिममा मात्रै सिमित नराखी व्यवहारमा लागु गर्न सवैलाई आग्रह गर्नुभयो । आर्थिक समृद्धिका लागि सबैलाई काम र रोजगारीमा आबद्ध गराउन स्थानिय स्तरदेखिनै उत्पादन वृद्धि रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई गतिशील बनाउने सउदेश्यले उद्यमशीलताको महत्वपूर्ण भिमिका रहेको रहेको हुदा व्यवसायीमुलक सिप सिकि आत्मनिर्भर हुन सबैलाई प्रोत्साहीत समेत गर्नुभयो । व्यवसायीहरुलाई ८ दिने तालिमको सहजिकरण गंगादेव गाउँपालिकाकाकि उद्यम विकास सहजकर्ता सिता खड्काले गर्नुभएको थियोे ।

सम्बन्धित
गंगादेव गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सानडाँडा रोल्पाको आधिकारिक पोर्टल
९८६०६२३७३७ |९८४५५७०४००
gangadevmun@gmail.com | info@gangadevmun.gov.np