सम्पर्कको लागि
+९७७-९८४५५७०४००

गंगादेवको स्थायी बन्ध्याकरण शिविरबाट १५ जनाले लिए परिवार नियोजन सेवा

गंगादेव गाउँपालिका


गंगादेव, १०
रोल्पाको गंगादेव गाउँपालिकामा १५ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । स्वास्थ्य कार्यालय रोल्पाको आयोजाना र सुनौलो परिवार नेपाल, मेरीस्टोप्स इन्टरनेशलनको प्राविधिक सहयोग र गंगादेव गाउँपालिकाको सहकार्यमा आज विहिबार जिनाबाङ स्वास्थ्यचौकी चौताराडाडाँमा शिविर सञ्चालन गरिएको हो ।

निःशुल्करुपमा सञ्चालन भएको शिविरमा १५ जनाले स्थायी बन्याकरण गराएका हुन् । जस्मा ८ जना महिलाले मिनिल्याप स्थायी बन्ध्याकरण र ७ जना पुरुषले भ्यासेक्टोमी गरी जम्मा १५ जनाले स्थायी बन्ध्याकरणको सेवा लिएको जिनाबाङ स्वास्थ्य चौकीमा प्रमुख दोर्ण डाँगीले जानकारी दिनुभयो ।

सन्तानको रहर पुगेका दम्पतीहरुको लागी परिवार नियोजन स्थायी बन्ध्याकरण–महिलाहरुको लागी मिनिल्याप र परुषहरुको लागि भ्यासेक्टोमी शिविरको सञ्चालन गरिएको गंगादेव स्वास्थ्य शाखाका प्रमुख नरहरीनाथ योगीले जानकारी दिनुभयो ।

सम्बन्धित
गंगादेव गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सानडाँडा रोल्पाको आधिकारिक पोर्टल
९८६०६२३७३७ |९८४५५७०४००
gangadevmun@gmail.com | info@gangadevmun.gov.np