सम्पर्कको लागि
+९७७-

गंगादेवमा निःशुल्क स्वास्थ्य शिविर, ८५६ जना लाभान्वित

गंगादेव गाउँपालिका


गंगादेव, २७
रोल्पाको गंगादेव गाउँपालिकामा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिबिरबाट ८ सय ५६ जनाले स्वास्थ्य सेवा लिएका छन् । “सरल सर्वसुलभ स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता” भन्ने उद्दश्यका साथ तुलसीपुर सिटी हस्पिटल प्रा.लि. दाङ र गंगादेव गाउँपालिकाको संयुक्त आयोजनामा आज शनिबार जिनाबाङ स्वास्थ्य चौकी चौताराडाँडामा शिविर सञ्चालन गरिएको हो ।

विशेषज्ञसहितको स्वास्थ्य शिविरमा २ सय १४ जना पुरुष र ६ सय ४२ जना महिला गरी ८ सय ५६ जना सर्वसाधारणले स्वास्थ्य सेवा पाएको जिनाबाङ स्वास्थ्य चौकीका प्रमुख दोर्ण डागीले जानकारी दिनुभयो । शिविरमा १ सय ४० जनाको भिडियो एक्स–रे, १ सय ७० जनाको सुगर चेक, १ सय ३१ जनाको एसीजी परिक्षण गरिएको हो । निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवा सँगै निःशुल्क आवश्यक औषधी समेत वितरण गरिएको थियो । शिविरमा प्राय हाडजोर्नी सम्बन्धि र महिलाहरुको तल्लो पेट पाठेघरमा समस्या भएकाहरुले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा मेडिकल अफिसर डा. राकेश श्रेष्ठ, मेडिकल अफिसर डा. शिव रेग्मी लगाएत १० जना विशषज्ञ र गंगादेव गाउँपालिकाका स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका हुन् । दूरदराजमा रहेका सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखी शिविर आयोजना गरिएको हुदा स्वास्थ्य सेवाका लागि स्थानीय घण्टौं हिँडेर शिविर स्थल आइपुगेका थिए । यसरी आफ्नै ठाउँबाट स्वास्थ्य सेवा लिन पाएकोमा नागरीकहरु खुसी भएका थिए । गाउँपालिकाले स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई लक्षित गर्दै उक्त शिविरको आयोजना गरेको हो । गाउँपालिका अध्यक्ष हरिबहादुर पुनले जनस्वास्थ्य सँग सम्बन्धीत यस्ता कार्यक्रमको आयोजनाले निरन्तरता पाउँदै जाने बताउदै शिविरमा यहाँका नागरीलाई सेवा दिएकोमा विशषज्ञ, स्वास्थ्यकर्मी लगाएतलाई विशेष धन्यावाद दिनु भयो । स्वास्थ्य शिविरमा कन्सल्टेन्ट फिजिसियन डा. सुमन केसी, कन्सन्टेन्ट अर्थोपेडिक सर्जन डा.हेमराज शर्मा, कन्सल्टेन्ट गाइनेक्लोजिस्ट सर्जन डा.शेखर थापा, कन्सल्टेन्ट इ.एन.टी सर्जन डा. संजय महर्जन, कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. बसन्त रेग्मी, कन्सल्टेन्ट गाइनेक्लोजिस्ट सर्जन डा. सोमनाथ भण्डारी लागाएत गंगादेव गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले शिविरमा आएका नागरिकहरुको उपचार गरेको आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित
|
|