रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ७ मा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ ।
आज सोमबार देखि टोल विभाजन गरी वडा नं. ७ को वडा कार्यलयबाट परिचयपत्र वितरण कार्य सुरु गरिएको गंगादेव गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रेमप्रकाश के.सी ले जानकारी दिनुभयो ।
शनिबार तथा अन्य विदाको दिन पनी सेवा सुचारु गरिने वडा अध्यक्ष के.सीको भनाइ रहेको छ । वडावासी कोही पनि नछुटुन् भनेर वडा कार्यालयले टोलटोलका नागरिकलाई पालैपालो परिचयपत्र वितरण गर्न थालेको हो । राष्ट्रिय परिचयपत्र आफ्नै वडाबाट पाउने व्यवस्था भएपछि वडावासी उत्साहित बनेका छन् । जिल्ला सदरमुकाम जानुपर्दा समय बढी लाग्ने गरेकामा अहिले सजिलो भएको स्थानीयले बताएका छन् ।
यस अघि राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालय कार्यालयमा सेवाग्राहीले लामो लाइन वस्नुपर्ने समस्या थियो ।अहिले वडास्तरबाटै लिन पाउने व्यवस्था मिलाएपछि सेवाग्राहीलाई समय र खर्च बचत भएको छ ।