सम्पर्कको लागि
+९७७-९८४५५७०४००

नमुना विद्यालय बनाउने हुटहुटी ! नयाँ नेतृत्व, नयाँ जोस !!

गंगादेव गाउँपालिका

गंगादेव गाँउपालिका वडा नं ३ मा रहेको सिद्दार्थ नमुना माध्यमिक बिद्यालय घोप्टेओढारमा नयाँ ब्यवसथापन समिति गठन भएको छ। झण्डै ६ बर्ष यता नमुना बिद्यालय बनाउन अभियान नै संचालन गरेको बिद्यालयमा नयाँ ब्यवस्थापन समितिको नेतृत्वमा अध्यक्ष कुलबहादुर गुरुङ(केवि गुरुङ) चयन भएका छन ।

२०५६ सालमा एसएलसी पास गरेका गुरुङ संगित भनेपछि हुरुक्क नै हुन्थे त्यसैले उनी कलिलो बालउमेरमै जनवादी कलाकारमा जोडिदै राजनितिक यात्रा प्रारम्भ गरे, कलाकारिता बाटै राजतन्त्र र २०४७ सालको संविधान बिरुद्ध आवाजहरु गाउगाउमा बुलन्द गराए, शान्ति प्रक्रिया पछि लामो समय बैदेशिक रोजगारिमा रहे, बिदेशमा रहदा देखिनै त्यहाँको सिकाइलाई नेपालमा केही गर्नुपर्ने हुटहुटी नै जाग्यो, बिदेशमा रहदा नै पत्रकारिता क्षेत्रमा कलम चलाउन सुरुवात गरे, सामाजिक संजालको प्रयोगबाट शिक्षा सुधारमा गाउतिरका साथिहरुसङ बहस चलाए ।

गाउमा शिक्षा क्षेत्रलाई सुधारगर्न पहल गर्ने निर्णय लिए । बिदामा घर आएको समयमा नमुना बिद्यालय निर्माणकोलागि साथिहरुलाई हौस्याए, बिद्यालय ब्यवस्थापन समितिलाइ कन्भेन्स गरे, नमुना बिद्यालय निर्माण गर्न विभिन्न उपसमितिहरु गठन भयो, बिदेशमा रहदा पनि उनलाइ सुचना तथा संचार- प्रचार प्रसार संयोजकको जिम्मेवारी प्राप्त भयो, त्यो जिम्मेवारी सफलता पूर्वक निर्वाह गरे ।

बिद्यालयमा खडा भएको अक्षयकोष संकलनमा ठूलो भूमिका निभाए, सामान्य बैदेशिक सहायता प्राप्त गरि बिद्यालय भवन निर्माण गर्न पहल गरे, बिद्यालयमा ब्यवस्थापन समिति, शिक्षकहरुको सक्रियताकै कारण नेपाल सरकारबाट नमुना बिद्यालय निर्माणको छनौट सुचिमा सुचिकृत भयो, नेपाल सरकारले बिद्यालयको योजना र नमुना बिद्यालय निर्माणको सर्तमा आधारित ५ बर्ष सम्म निरन्तर भौतिक पूर्वाधार निमाणमा बजेटहरु उपलब्ध गराउने छ ।

नमुना विद्यालय निमाण गर्न स्वदेश फर्किए पछि निरन्तर लागेका गुरुङलाई समुदायबाट बिद्यालयको अध्यक्ष बन्न प्रस्ताव आयो, विव्यस गठनको प्रकृया अनुसार उनी सहमतिको आधारमा नमुना बिद्यालयको अध्यक्षमा चयन भए। अब उनको काधमा नमुना विद्यालय निर्माणका कामलाई निरन्तर अगाडि बढाउने जिम्मेवारी थपिएको छ । अध्यक्ष चयन भएको एक सातामै उनले विद्यालयमा समुदायबाट श्रम सहभागिताको गतिविधि संचाल गरे, समुदायबाट उल्लेख्य साथ पाएको महसुस गरेका केवि गुरुङ अबका दिनमा बिद्यालयलाइ उत्पादन सँग जोड्ने गतिविधि गर्ने योजना सुनाउछन ।

कक्षा १२ सम्म संचालित यस बिद्यालयमा १-५ स्थाइ र ६-१२ प्रस्तावितरुमा संचालनमा रहेको छ। शिक्षकको तलब भत्ताकोलागि बार्षिक झण्डै २३ लाख बिद्यालयले आर्थिक जुटाउनु पर्ने अहिलेको अवस्था रहेको गुरुङ सुनाउछन, शिक्षकलाई तह अनुसार तलव भत्ता ब्यवस्था गर्न नसकेकोमा उनी दु:खी छन ।

बिद्यालय बनाउने हुटहुटी सगै उनिसँग थप जिम्मेवारी पनि काधमा रहेका छ । गुरुङको गाउमा नै फेन्सि पसल संचालनमा छ, पोष्टपाटी मिडिया नेटवर्कका निर्देशक, जनपत्रकार संगठन केन्द्रीय सदस्य, नेपाल कम्यूनिष्ट पार्टी रोल्पा जिल्ला सदस्य सम्म उनको जिम्मेवारी रहेको छ । उनी पेशा, राजनितीमा जहाँ जे सुकै भएपनि सिद्दार्थ नमुना माध्यामिक बिद्यालय को शैक्षिक वातावरण नमुना बनाउने हुटहुटीमा अझ धेरै सफलता मिलोस, शुभकामना !!

सम्बन्धित
गंगादेव गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सानडाँडा रोल्पाको आधिकारिक पोर्टल
९८६०६२३७३७ |९८४५५७०४००
gangadevmun@gmail.com | info@gangadevmun.gov.np