सम्पर्कको लागि
+९७७-९८४५५७०४००

रोल्पाको गंगादेवमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

गंगादेव गाउँपालिका

गंगादेव गाउँ पालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा नम्बर १ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो । ग्लोवल आइएमइ बैंक ले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन् ।

पालिका अध्यक्ष हरि बहादुर पुन, उपाअध्यक्ष अमृता कुमारी केसी वली , निमित्त प्रमुख प्रशासकीय अधिकृत सालिकराम बस्‍नेत र ग्लोवल आइएमइ बैंक सुकिदह शाखाका प्रमुख सुगम श्रेष्ठ समक्ष खुसी प्रकट गर्दै वडावासीले गाउँ पालिकालाई धन्यवाद दिएका छन् । सामाजिक सुरक्षा भत्ता बुझ्न पुगेका स्थानीय घर छेउबाटै सेवा पाएपछि खुसीले मुहारमा मुस्कान भरिएको देखिन्थ्यो ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यको अवलोकन गर्न वडा नम्बर ३ को कार्यालयमा पुग्नु भएका अध्यक्ष पुन र उपाअध्यक्ष केसीले निर्वाचनको समयमा नै गाउँ गाउँमा सामाजिक सुरक्षा भत्ता पुर्याउने प्रतिबद्दता पुरा गरेको र अझ सहज हुन नसकेको भन्दै अर्को किस्ता टोल टोल बाट बितरण गर्ने लक्ष्य रहेको बताउनु भयो । वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गर्दा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई बैङ्कमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

Tumore prostatico: la prognosi in base a stadio, grado e rischio
Tumore prostatico: la prognosi in base a stadio, grado e rischio
अन्त्य भएको बताउनुभयो ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सालिकराम बस्‍नेतले सम्पुर्ण सामाजिक सुरक्षा भत्ता नभएर ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले पाउने सामाजिक सुरक्षा भत्ता वडा बाटै वितरणको लागि बैंक सँग समन्वय भएको बताउनु भयो । यसलाई अझ टोल टोलमा विस्तार गर्ने बताउनु भयो ।

समाजिक सुरक्षा तथा पंजिकरण शाखा प्रमुख तिर्थराज वली पालिका का ७ वटै वडा का ७ सय भन्दा बढी लाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने जानकारी दिनुभयो । उहाँले अहिले ७ वटै वटा बाट बितरण गर्ने र अर्को किस्ता देखि टोल टोल बाटै बितरण गरिने बताउनुभयो ।

सम्बन्धित
गंगादेव गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सानडाँडा रोल्पाको आधिकारिक पोर्टल
९८६०६२३७३७ |९८४५५७०४००
gangadevmun@gmail.com | info@gangadevmun.gov.np