सम्पर्कको लागि
+९७७-९८४५५७०४००

गंगादेव गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गंगादेव गाउँपालिका

रोल्पाको गंगादेव गाउँपालिकाले आर्थिक वर्ष २०७९–०८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार गंगादेव गाउँपालिकाको आयोजनामा वडा नं.२ को सुखाओडारमा कार्यक्रम गर्दै सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।

गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको सार्बजनिक सुनुवाई कार्यक्रममा गंगादेव गाउँपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्नेतले गाउँपालिकाले गरेका गतिविधिहरुको बारेमा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

गाउँपालिकाले आर्थिक बर्ष २०७९–०८० मा गाउँपालिका बाट भए गरेका काम सेवाको गुणस्तरका बारेमा आम नागरिकको गुणासो, सुझाव लिने र सुझावका लागी प्रतिबद्धता गर्ने उदेश्यले सार्बजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । गाउँपालिकामा भएका गतिविधिहरुको बारेमा आजको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले सोधेका प्रश्न तथा जिज्ञासामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत वडा अधयक्ष, र सम्वन्धित साखाका कर्मचारीले त्यसको जवाफ दिदै नगरिकको सल्लाह अनुरुप सामाधाना लाग्ने बताए ।

कार्यक्रमको समापन गर्दै गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनले आगामि दिनमा सकेसम्म नागरिकका गुनासाहरु नआउने तरिकाले काम गर्ने बताउनु भयो । साथै सार्बजनिक सुनुवाई कार्यक्रममा सहभागी भइ सुझाव तथा सल्लाह दिएकोमा कार्यक्रममा उपस्थीत सहभागीहरुलाई धन्याबाद समेत दिनुभयो ।

गंगादेव गाउँपालिकाका आन्तरीक लेखा परिक्षक उदय प्रकाश वलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख तुलाधर सर्माले गर्नुभएको थियो ।

कार्यक्रममा ७ वटै वडाका वडा अध्यक्ष, वडा सचिव, सबै वडाका वडा सचिवहरु, कार्यपालिका सदस्य गंगादेव गाउँपालिकाका विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी आम नागरिक लगाएतको सहभागीता रहेको थियो ।

सम्बन्धित
गंगादेव गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सानडाँडा रोल्पाको आधिकारिक पोर्टल
९८६०६२३७३७ |९८४५५७०४००
gangadevmun@gmail.com | info@gangadevmun.gov.np